अटोमोटिभ टेक्नोलोजीमा विश्वव्यापी अग्रणी बोशले स्थानीय मेकानिक्सका लागि डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’ को सुरुवातको घोषणा गरेको छ ।
यो एप विशेष रूपमा नेपाल बजारको लागि सिर्जना गरिएको छ ।

जुन बोश प्लेटफर्ममा दर्ता भएका मेकानिक्सका लागि मात्र डिजाइन गरिएको हो ।
बोशको मोबिलिटी आफ्टरमार्केट भारतकी क्षेत्रीय अध्यक्ष तथा सार्क प्रमुख रिथी सेठीले नेपाल अटोमोटिभ आफ्टरमार्केट क्षेत्रको लागि एक महत्वपूर्ण र केन्द्रीत बजार रहेको बताइन् ।

‘हाम्रो बोश’ कार्यक्रमले स्वतन्त्र ग्यारेजलाई ओरिजिनल बोश पार्टपुर्जाको बढ्दो प्रयोगको लागि आकर्षक अंक र प्रोत्साहन प्रदान गर्ने भएकाले हाम्रो बोश मोबाइल एपमार्फत पोइन्टहरू ट्रयाकिङ र रिडिम गर्ने सहज अनुभव प्रदान गर्ने उनी बताउँछिन् ।
बोश नेपालका कन्ट्री म्यानेजर सन्दीप कामतले नेपालमा उन्नत उत्पादनहरू र प्रविधिहरू परिचय गराउनमा बोश सधैं अग्रणी रहेको बताए ।
‘हाम्रो बोश’ ले नेपालमा रहेका आफ्ना ग्राहकसँग बोशले जोडेको सम्बन्ध र विश्वासको भावनालाई प्रतिबिम्बित गर्दछ ।
Post Views: 399