पहिरोले राप्ती राजमार्ग अवरुद्ध

सडकमाथिबाट पहिरो झर्दा राप्ती राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ।

राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यानको सिमाना कपुरकोट गाउँपालिका– ३ चोरखोलामा पहिरो झर्दा सडक पूर्णरुपमा अवरुद्ध भएको हो।

आज मंगलबार बिहान करिब ६ बजेतिर सडकमाथिबाट ठूलो पहिरो झरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए।

अवरुद्ध सडक सुचारु गराउने पहल भइरहेको प्रहरीको भनाइ छ। पहिरोले सडक अवरुद्ध हुँदा सडक सुचारु नहुँदासम्मका लागि यात्रा नगर्न अनुरोध गरिएको छ।

पहिरो झर्दा लामो तथा छोटो दुरीका यातायातका साधन बिच बाटोमै रोकिएका छन्।

पानी परेर सडक हिलाम्मे हुँदा वैकल्पिक मार्गबाट समेत सवारीसाधन गुड्न सकेका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *