टाटा ह्यारियर ईभीको उत्पादन सुरु

टाटा मोटर्सले भारतीय बजारमा भर्खरै सार्वजनिक गरेको टाटा ह्यारियर ईभीको उत्पादन सुरु गरेको छ।

कम्पनीले यसै महिनाबाट ग्राहकहरूलाई गाडीको डेलिभरी सुरु गर्ने योजना बनाएको छ।

सार्वजनिक भएलगत्तै यस गाडीले एकै दिनमा १० हजार बुकिङ प्राप्त गरेको छ, जुन यसको लोकप्रियताको प्रमाण हो।

यो गाडी क्र्यास टेस्टमा पाँच-तारे सुरक्षा रेटिङका साथ निकै सुरक्षित प्रमाणित भएको छ।

ह्यारियर ईभी विशेष गरी अफ-रोड ड्राइभिङ क्षमताका लागि डिजाइन गरिएको छ, जसमा कठिन भू-भागका लागि उपयुक्त ड्राइभिङ मोडहरू पनि समावेश छन्।

भारतमा यसको मूल्य २१.४९ लाखदेखि ३०.२३ लाख भारतीय रुपैयाँसम्म तोकिएको छ।

टाटा ह्यारियर ईभी नेपालमा आगामी भाद्रमा हुने नाडा अटो शोमा प्रदर्शन गरिनेछ र टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले यसलाई नेपाल ल्याउने तयारी गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *