बाढीले मितेरी पुल बगायो

आज बिहान (२०८२ असार २४ गते) रसुवाको भोटेकोशी नदीमा आएको ठूलो बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएको छ

यो घटना बिहान करिब ३:१५ बजेतिर भएको हो।

पुल बगेसँगै नेपाल र चीनबीचको सडक सम्पर्क विच्छेद भएको छ।

बाढीले रसुवा भन्सार कार्यालयको यार्डमा रहेका धेरै सवारीसाधनहरू र अन्य सामानहरू पनि बगाएर लगेको छ।

स्थानीय प्रशासनका अनुसार अहिले उद्धार कार्य चलिरहेको छ।

केही मानिसहरूलाई उद्धार गरिसकिएको छ भने थप सहयोगका लागि हेलिकप्टर पठाउने तयारी भइरहेको छ।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *