‘हाम्रो बोश’ एप सुरु

नेपालमा बोश कम्पनीले अटोमोबाइल मिस्त्रीहरूका लागि “हाम्रो बोश” नामक नयाँ मोबाइल एप सार्वजनिक गरेको छ।

“हाम्रो बोश” एप विशेष रूपमा मिस्त्रीहरूका लागि तयार गरिएको डिजिटल लोयल्टी कार्यक्रम हो। एप प्रयोग गरी मिस्त्रीहरूले बोशका अटो पार्ट्समा रहेको QR कोड स्क्यान गर्न सक्छन् र सोही आधारमा पोइन्ट कमाएर उपहारहरू जित्न सक्छन्।

एप एन्ड्रोइड र आईओएस दुवै मोबाइलमा उपलब्ध छ। यो कार्यक्रम बोशले नेपालमा आफ्नो अधिकृत वितरक सत्यदीप इन्टरनेशनलसँगको सहकार्यमा ल्याएको हो।

कार्यक्रममा १५० भन्दा बढी मिस्त्रीहरू, वितरकहरू र बोशका प्रतिनिधिहरू सहभागी थिए। कार्यक्रममा एपको प्रयोगबारे विस्तृत जानकारी पनि दिइएको थियो।

बोशले नेपाललाई अटोमोबाइल aftermarket को लागि महत्वपूर्ण बजार मानेको छ र भविष्यमा अरू बोश उत्पादनहरू पनि एपमा समावेश गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *