सिमिकोट–हिल्सा सडक विस्तार

हुम्लाको सदरमुकाम सिमिकोटदेखि चीनको हिल्सा नाका अब पूरै वर्षभरि सडक सञ्जालमा जोडिएको छ।

खार्पुनाथ गाउँपालिकास्थित चुवा खोलामा बनाइएको बेलिब्रिज (अस्थायी पुल) प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ। पुल बनेपछि हिउँद र वर्षा दुवै समयमा गाडी चल्ने सकिने भएको छ।

कर्णाली कोरिडोरअन्तर्गत कालिकोटको खुलालुबाट हिल्सा नाकासम्म २६८.६५ किमि सडक बनाउने योजना हो।

सिमिकोट–हिल्सा खण्डमा सेनाले धेरै अप्ठ्यारा ठाउँको ट्र्याक खोलेको छ।

अहिले ८० किमि सडक ग्रावेल गरी तयार भइसकेको छ।

यो सडक धार्मिक, पर्यटकीय, सामाजिक र आर्थिक हिसाबले महत्वपूर्ण छ।

भारतको जमुनियादेखि चीनको हिल्सासम्म छोटो दूरीमा यात्रा गर्न सकिने भएकाले पर्यटन र व्यापारमा समेत फाइदा पुग्ने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री ओली, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालसहित असार महिनाभित्रै उद्घाटन हुने तयारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *