आकाशे पुल अलपत्र ,यात्रुको ज्यान जोखिममा

चक्रपथ परिक्रमा सडकखण्डअन्तर्गत ललितपुरको महालक्ष्मीस्थान नजिकै निर्माण हुँदै गरेको आकाशे पुल केही समयदेखि काम नभएर ठप्प अवस्थामा छ।

दुवैतर्फ क‌ंक्रिटका पिलर उठाएर ढलान गरिएको छ। तर, त्यसपछि कुनै काम अघि बढेको देखिएको छैन।

निर्माण हुँदै गरेको आकाशे पुलनजिकैका फुटपाथ भद्रगोल अवस्थामा छ, नजिकै कुनै जेब्राक्रस नभएको कारणले गर्दा पैदल यात्रीहरू जोखिम मोलेर बाटो काट्न बाध्य छन्।

निर्माण सुरु भएको दुई वर्षभन्दा बढी समय बित्दा पनि आकाशे पुलको काम अझै पनि अधुरै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *