गोमा श्रेष्ठलाई शैक्षिक सहयोग

भक्तपुरस्थित इँटाभट्टामा खलामा काम गर्दै पढ्दै आएकी गोमा श्रेष्ठले यस वर्षको एसईईमा ४ जीपीए प्राप्त गरिन् ।

उनको सफलताबारे खबर सार्वजनिक भएपछि भाटभटेनी समूहका अध्यक्ष मीनबहादुर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले गोमालाई भाटभटेनीस्थित कार्यालयमा बोलाएर एक लाख रुपैयाँ नगद, ल्यापटप र सम्मानपत्र प्रदान गरे ।

गुरुङ दम्पतीले अहिले सेन्ट जेभियर्स कलेज माइतीघरमा ११ र १२ कक्षासम्मको अध्ययन खर्च बेहोर्ने र त्यसपछि एमबीबीएस तहसम्मको पढाइमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गोमा सुडाल, चाँगुनारायणकी हुन् र धान रोपाइँमा मेला गएर फर्किदा रिजल्ट थाहा पाएकी थिइन् ।

उनले डाक्टर बन्ने इच्छा राखेकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *