साङ्ग्रिला मोटर्स प्रा. लि. ले सिट्रोएन C3 पेट्रोल कम्प्याक्ट SUV को मूल्य रु. ३६.५० लाखबाट घटाएर अब रु. २९.९९ लाखमा बिक्री गर्ने घोषणा गरेको छ।
“ह्याचब्याक को दाममा SUV” अभियान अन्तर्गत यो गाडी ह्याचब्याकको मूल्यमा SUV को अनुभव दिने उद्देश्यले बजारमा ल्याइएको हो।
यस अफरमा ग्राहकहरूले गाडीको नि:शुल्क बीमा पनि पाउनेछन्।
भारतमा निर्मित सिट्रोएन C3 मा १० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, इलेक्ट्रिक्ली एड्जस्टेबल ORVMs, र शक्तिशाली १२०० सीसी इन्जिन जस्ता प्रिमियम सुविधाहरू छन्।
साथै, यसको स्पेयर पार्ट्स सजिलै र किफायती मूल्यमा उपलब्ध हुने हुँदा ग्राहकहरूले झन्झट बिना सेवा पाउने विश्वास गरिएको छ।
साङ्ग्रिला मोटर्सका प्रबन्ध निर्देशक श्री हेमन्त गोल्छाले भने, “हामीले सिट्रोएन C3 को मूल्य घटाएर नेपाली ग्राहकहरूलाई सुविधा, आराम र प्रदर्शनमा उच्च गुणस्तर सहित सस्तो विकल्प प्रदान गर्न चाहन्छौं।”
साङ्ग्रिला मोटर्सले नेपालमा प्यूजो, सिट्रोएन र लिपमोटर ब्राण्डका गाडीहरू आधिकारिक रूपमा आयात गर्दै आएको छ र नविनतम तथा दिगो मोबिलिटी समाधानमा निरन्तर जोड दिइरहेको छ।