टीएम–वानका १०० भन्दा बढी युनिटहरू नेपालका सडकमा गुड्दै

‘कमाइको राजा’ भनेर परिचित टीएम–वान (टीएम१) ले नेपालभरिका विभिन्न साना तथा मझौला व्यवसायहरूमा १०० भन्दा बढी युनिटहरू सफलतापूर्वक सञ्चालनमा ल्याएर एक महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।

नेपाली व्यवसायीहरूबीच टीएम१ को बढ्दो लोकप्रियता र विश्वास झल्काउने यस विशेष उपलब्धिलाई केक काट्ने कार्यक्रममार्फत उल्लासपूर्वक मनाइएको छ ।

यस अवसरमा एमएडब्ल्यू ग्रुपका प्रबन्ध निर्देशक विवेक सिकरिया, एमएडब्ल्यू वृद्धि कमर्सियलका सीइओ तुषार गुप्ता, सेल्स हेड नविन आचार्य, मार्केटिङ प्रमुख प्रकाश सुवेदीलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो ।

उनीहरूको सहभागिताले कार्यक्रममा थप उत्साह र ऊर्जा भरेको थियो ।

टीएम१ आजको दिनमा नेपालमा केही अर्थपूर्ण काम गर्ने र आफ्नै व्यवसायिक यात्रा सुरू गर्ने चाहना राख्नेहरूका लागि पहिलो रोजाइको सवारी बनेको छ ।

चाहे ताजा तरकारी बजारमा पुर्‍याउन होस् वा पानी, दूध, ग्यास सिलिन्डर जस्ता दैनिक उपभोग्य सामान वितरण गर्न होस्, टीएम१ को भरपर्दो प्रदर्शन, उच्च दक्षता र नेपाली आवश्यकताअनुसारको डिजाइनमार्फत आफूलाई एक सक्षम व्यवसायिक सवारीको रूपमा प्रमाणित गरेको छ ।

व्यवसायीलाई आफ्ना आवश्यकताअनुसार छनोट गर्न सहज बनाउने गरी टीएम१ दुई फरक साइजका लोडिङ डेक (८ फिट र १० फिट) मा उपलब्ध छ ।

विश्वकै नम्बर १ सीएटीएल ब्याट्रीबाट सञ्चालित यस इलेक्ट्रिक सवारीले २८० किलोमिटर एनईडीसी रेन्ज प्रदान गर्छ, जसले गर्दा यो शहरी डेलिभरीका लागि विशेष उपयुक्त मानिन्छ ।

एमएडब्ल्यू वृद्धिको भरपर्दो सर्भिसका कारण टीएम१ ले कम मर्मत खर्चमै अत्यधिक फाइदा दिने सवारीको रूपमा निरन्तर आफूलाई प्रमाणित गरिरहेको छ ।

नेपालभरि साना तथा मध्यम व्यवसायहरूलाई सशक्त बनाउँदै अघि बढिरहेको टीएम१ का लागि यो उपलब्धि भविष्यमा आउने थुप्रै सफलताका कथाहरूको केवल सुरूवात हो ।

एमएडब्ल्यू वृद्धि कमर्सियलको बारेमा

एमएडब्ल्यू वृद्धि कमर्सियल भेहिकल प्रालि नेपालका व्यावसायिक सवारीसाधनहरूको क्षेत्रमा एक प्रमुख संस्था हो, जसले भरपर्दो, शक्तिशाली र इनोभेटिभ मोबिलिटी सोलुसन्स प्रदान गर्दै आएको छ ।

नेपालका लागि फोटोन ब्राण्डका व्यावसायिक सवारीहरूको आधिकारिक वितरकको रूपमा कम्पनीले नेपाली सडक र व्यवसायहरूको विविध आवश्यकतालाई पूरा गर्न विश्वस्तरीय प्रविधि र इन्जिनियरिङ प्रस्तुत गर्दै आएको छ ।

ग्राहक सन्तुष्टि, आफ्टर सेल्स सर्भिस र दीर्घकालीन मूल्यमा केन्द्रित रही एमएडब्ल्यू वृद्धि नेपालको व्यावसायिक यातायात क्षेत्रमा प्रगति र प्रदर्शनमा उल्लेखनीय योगदान पुर्‍याउन प्रतिबद्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *