चितवन अटोमोबाइल्सको पारिवारिक बैठक

चितवन अटोमोबाइल्स एसोसिएसनको पारिवारिक बोर्ड बैठक गैडाकोटमा सम्पन्न भएको छ।

असार १३ र १४ गते मौलाकालिकामा रहेको ईला होटल एण्ड रिसोर्टमा आयोजना गरिएको बैठकमा पदाधिकारी, सदस्य र उनीहरूका परिवारको उत्साहजनक सहभागिता रहेको थियो।

संस्थाका अध्यक्ष कुलबहादुर क्षेत्री (राजु) को अध्यक्षतामा बैठक बसेको थियो।

कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार समिति संयोजक शिवराज गिरि, निवर्तमान अध्यक्ष कृष्णप्रसाद भण्डारी, पूर्व अध्यक्षहरू भीमलाल न्यौरे, वालकृष्ण कंडेल, ज्ञानुप्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य अध्यक्ष क्षेत्रीले राखेका थिए  भने संस्थाका सचिव मोहन के.सी.ले कार्यक्रम सञ्चालन गरेका थिए ।

कोषाध्यक्ष रामशरण भट्टराईले मासिक आम्दानी र खर्चको विवरण प्रस्तुत गरे ।

कार्यक्रममा पदाधिकारी, सदस्य र उनीहरूका परिवारका सदस्यहरू गरी कुल ५८ जनाको सहभागिता थियो।

प्रथम उपाध्यक्ष राजेन्द्र भट्टराईले धन्यवाद दिए ।  भने सह-कोषाध्यक्ष विवस पियाले कार्यक्रमको संयोजन गरेका थिए ।

बैठकका अवसरमा घाइते तथा बिरामी सदस्यहरूको स्वास्थ्य लाभको कामना पनि गरिएको थियो।

सवारी दुर्घटनामा परी घाइते भएका पूर्व अध्यक्ष अमृत जोशी, सदस्य सीता रेग्मी तथा स्वास्थ्य समस्यामा रहेका कार्यसमिति सदस्य श्रीप्रसाद श्रेष्ठको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको हो।

 कार्यक्रम सम्पन्न गर्न उत्कृष्ट आतिथ्यता र व्यवस्थापन गरेकोमा एसोसिएसनले ईला होटल एण्ड रिसोर्ट परिवारलाई विशेष धन्यवाद दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *