सडक सञ्जालमा जोडिँदै हुम्ला

प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्ला सदरमुकाम सिमकोटलाई केही दिनमै राष्ट्रिय सडक सञ्जालसँग जोडिने घोषणा गरेका छन्।

दशकाैंदेखि सडक सुविधाबाट बञ्चित रहेको हिमाली जिल्ला हुम्लालाई पहिलोपटक सडकमार्गले छुने सम्भावना बलियो बनेको हो।

प्रधानमन्त्री ओलीले बिहीबार सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश दिँदै ‘हुम्ला अब टाढा छैन’ भनेका छन्।

उनले हुम्ला जिल्लालाई सडक सञ्जालमा जोड्ने २६ वर्षे प्रयास अब साकार हुन लागेको उल्लेख गरेका छन्।

‘हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट अब केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ,’ प्रधानमन्त्री ओलीले लेखेका छन्, ;हुम्लामा सडक सञ्जाल पुर्‍याउने हाम्रो दशकौँ पुरानो सपना पूरा हुँदै छ।

उनका अनुसार यो सडक सञ्जालले नेपाललाई हिल्सा नाकामार्फत छिमेकी राष्ट्र चीनसँग पनि सिधा जोड्नेछ।

हुम्ला नेपालको अन्तिम यस्तो जिल्ला हो, जुन अहिलेसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिएको थिएन।

सिमकोट–हिल्सा खण्ड र सिमकोट–सरकारको प्राथमिकता मार्गमार्फत सडक विस्तार भइरहेको छ।

सडक सञ्जाल पुगेपछि हुम्लाको यातायात, व्यापार, स्वास्थ्य सेवा, आपूर्ति प्रणाली र समग्र समावेशी विकासमा उल्लेखनीय परिवर्तन आउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *