सबैभन्दा धेरै कार चोरी हुने देश अमेरिका

संसारको सबैभन्दा शक्तिशाली देश मानिएको अमेरिकामा नै सबैभन्दा धेरै कार चोरी हुने गरेको छ। धेरै कार बिक्री हुने देशको अग्रणी सूचीमा रहेको अमेरिकामा नै सबैभन्दा धेरै कार चोरी भइरहेको छ।

सन् २०२४ मा पनि अमेरिकामा ‘कार चोरी’ ठूलो मुद्दाको विषय बनेको थियो। केही ब्रान्डका कार मोडलहरु चोरीको धेरै जोखिममा रहेको छन्।

अमेरिकामा २०२३ मा १० लाख २० हजार ७ सय २९ वटा कार चोरी भएको थियो।

यो एक वर्षमा चोरी भएको कार संख्याको सबैभन्दा धेरै हो। २०२४ मा अमेरिकामा ८ लाख ५० हजार ७ सय ८ वटा कार चोरी भएको भिजुअल क्यापिटालिस्टले उल्लेख गरेको थियो। २०२४ मा चोरी भएका कार कोरोना महामारीयताको सबैभन्दा कम हो।

रिमोट ह्याकिङ टुल्स, वित्तीय तनाव र सामाजिक सञ्जालमा हुने ‘थेप्ट च्यालेन्ज’लगायतलाई कार चोरीको मुख्य कारण मानिएको छ। कार चोरी अमेरिकामा ठूलो समस्याको रुपमा रहँदै आएको छ।

सेडानदेखि पिकअप ट्रकसम्म चोरी हुने र निश्चित मोडलहरु चोरहरुको निसानामा पर्ने गरेका छन्। फाइनान्स बजको तथ्यांकअनुसार अमेरिकामा धेरै चोरीमा पर्ने १० मोडलर संख्या बारे उल्लेख छ।

निश्चित मोडलका कार धेरै चोरी हुनुमा डिलाइनमा रहेको कमजोरी पत्ता लगाएर अनलक गर्न सक्नु मुख्य कारण हो।

२०२४ मा अमेरिकामा सबैभन्दा धेरै हुन्डाईको एलेन्ट्रा कार चोही भएको थियो। गत वर्ष अमेरिकामा ३१ हजार ७ सय १२ वटा एलेन्ट्रा कार हराएको वा चोरी भएको थियो।

दोस्रो धेरै चोरी हुनेमा पनि हुन्डार्इंकै कार रहेको छ। २०२४ अमेरिकामा हुन्डाईको सोनाटा कार २६ हजार ७ सय २० वटा चोरी भएको थियो।

तेस्रो धेरै चोरी हुनेमा अमेरिकी ब्रान्ड सेब्रोलेको कार रहेको छ। २०२४ मा अमेरिकामा सेब्रोलेको सिल्भाराडो १५०० २१ हजार ६ सय ६६ वटा चोरी भएको तथ्यांक छ।

२०२४ मा अमेरिकामा धेरै चोरी हुने कारको सूचीमा चोथौ स्थानमा होन्डा एकड रहेको छ। सो वर्ष अमेरिकामा होन्डा एकड १८ हजार ५ सय ३९ वटा चोरी भएको थियो।

गत वर्ष अमेरिकामा धेरै चोरी हुने कारको सूचीको पाँचौँ स्थानमा कियाको अप्टिमा रहेको छ। २०२४ मा कियाको अप्टिमा १७ हजार ४ सय ९३ वटा चोरी भएको थियो।

छैटौँ धेरै चोरी हुने कारको सूची होन्डा सिभिक रहेको छ। २०२४ मा अमेरिकामा होन्डाको सिभिक १५ हजार ७ सय २७ वटा चोरी भएको थियो।

२०२४ मा अमेरिकामा धेरै चोरी हुने कारको सूचीमा किया सोल सातौँ स्थानमा रहेको छ। सो वर्ष किया सोल १३ हजार ५ सय ६२ वटा चोरी भएको थियो।

आठौँ स्थानमा अमेरिकी ब्रान्ड फोडको एफ१५० रहेको छ। २०२४ मा अमेरिकामा फोर्डको एफ१५० १२ हजार ९ सय ५२ वटा चोरी भएको थियो।

२०२४ मा अमेरिकामा धेरै चोरी हुने कारको सूचीमा नवौँ स्थानमा जापानी ब्रान्ड टोयोटाको क्याम्री रहेको छ। गत वर्ष अमेरिकामा क्याम्री १२ हजार २ सय ९६ वटा चोरी भएको थियो।

अमेरिकामा धेरै चोरी हुने कारको दशौँ नम्बरमा डजको चार्जर रहेको छ। २०२४ मा डज चार्जर ११ हजार ४ सय ५२ वटा चोरी भएको थियो।

फोर्डको एफ१५० र सेब्रोले सिल्भाराडो १५०० धेरै चोरी हुनुको मुख्य कारणमा यसको रिसेल भ्यालु राम्रो हुनु र धेरै चर्चित मोडल हुनु रहेको छ। होन्डा एकड र टोयोटा क्याम्री विगत लामो समयदेखि धेरै चोरी हुने सेडान कार रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *