भेष्पा र अप्रिलिया स्कुटरको विशेष अफर

भेष्पा र अप्रिलिया स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रालिले वर्षा यामलाई लक्षित गरी ‘मनसुनमा ५ एक्स मज्जा’ नामक विशेष अफर सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गत ग्राहकहरूले भेष्पा/अप्रिलिया स्कुटर खरिद गर्दा नगद छुट, आकर्षक उपहारको साथै सहभागी मात्र भएर समेत क्यास ब्याक जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।

साथै, स्कूटर खरिदमा ७५ हजार सम्मको नगद छुट, आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ को सवारी कर छुट र हालसम्मकै न्यूनतम ब्याजदर ४.९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुबिधा समेत पाउनेछन् ।

सहज एक्सचेन्ज सुविधा समेत उपलब्ध रहेको यस अफरमा उपहार स्वरूप प्रत्येक खरिदमा ब्राण्डेड हेल्मेट, रेनकोट र स्कूटर कभर पनि प्रदान गरिने कम्पनीको भनाई छ ।

भेष्पा र अप्रिलिया नेपालद्वारा प्रस्तुत यो अफर नेपालभरका सम्पूर्ण शोरूमहरूमा लागू हुने जनाइएको छ ।

कम्पनीका अनुसार, ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिँदै गुणस्तरीय सवारी साधन र आकर्षक अफर ल्याइएको हो ।

यो अफर सीमित अवधिका लागि मात्र लागु हुने भएकाले भेष्पा र अप्रिलिया किन्ने सोचमा रहेका ग्राहकहरूले नजिकको शोरूममा गई जानकारी लिन वा वेबसाइटमा रजिस्टर गर्न आह्वान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *