यातायात व्यवस्था विभागले जस्तासुकै सवारी साधन आयात नियन्त्रणका लागि बनाएको ‘सवारीसाधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका, २०८२’ को मस्यौदा यस्तो प्रस्ताव गरिएको हो ।
अब एकपटकको फुलचार्जको १०० किलोमिटरभन्दा कम रेन्ज दिने विद्युतीय (इलेक्ट्रीक) स्कुटर आयात गर्न नपाइने भएको छ ।
प्रस्तावित मस्यौदा अनुसार विदेशबाट आयात गरिने दुईपाँग्रे (मोटरसाइकल/स्कुटर) वा तीनपांग्रे सवारी साधनको न्यूनतम रेन्ज कम्तीमा १०० किमी हुनुपर्ने व्यवस्था गरिएको छ ।