टाटाको नयाँ ह्यारियर इभी

भारतीय कम्पनी टाटा मोटर्सले आफ्नो प्रिमियम इलेक्ट्रिक SUV ‘ह्यारियर EV’ को विशेष जानकारी सार्वजनिक गरेको छ।

यो गाडीमा आधुनिक डिजाइन, पावरफुल मोटर र अत्याधुनिक प्रविधिहरू समेटिएको छ।

  • डिजाइनमा अगाडि LED लाइट बार, क्लोज्ड ग्रिल, २० इन्चको एल्यो व्हील छ।

  • इन्फोटेन्मेन्ट स्क्रिन १४.५ इन्चको छ भने १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले पनि दिइएको छ।

  • ५४० डिग्री क्यामेरा, डिजिटल रियर भ्यू मिरर, वायरलेस चार्जर जस्ता सुविधाहरू छन्।

  • सुरक्षामा ७ एयरब्याग, ADAS लेवल २, ESC, पार्किङ सेन्सर, TPMs छन्।

  • ब्याट्रीमा ६५ kWh र ७५ kWh का दुई विकल्प छन्। टाटा मोटर्सले ब्याट्रीमा लाइफटाइम वारेन्टी दिएको छ।

७५ kWh ब्याट्री भएको मोडेलको ARAI प्रमाणित रेंज ६२२ कि.मी. रहेको छ।
फास्ट चार्जिङले १५ मिनेटमै २५० कि.मी. चार्ज गर्न सक्छ।
०–१०० कि.मी./घण्टा स्पीड मात्र ६.३ सेकेन्डमा पुग्छ।

ह्यारियर इभी टाटाको प्रतिस्पर्धी EV मोडेल बन्ने अनुमान गरिएको छ र यसले महिन्द्राको BE.05 जस्ता गाडीलाई पनि चुनौती दिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *