अवरुद्ध राप्ती राजमार्ग सञ्चालनमा

सडकमाथिबाट आएको पहिरोले अवरुद्ध बनेको राप्ती राजमार्ग सञ्चालनमा आएको छ।

राप्ती राजमार्गअन्तर्गत कपुरकोट–दाङ सडकखण्डको कपुरकोट गाउँपालिका– ३, चोरखोलामा पहिरो जाँदा गएरातिदेखि सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो।

सडक डिभिजन कार्यालय र कपुरकोट गाउँपालिकाको मेसिनको मद्दतले पहिरो हटाएपछि दुईतर्फी यातायातका साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिए।

अवरुद्ध बनेको झन्डै चार घण्टापछि सडक सञ्चालनमा आएको हो।

पहिरोले बिच बाटोमा रोकिएका लामो तथा छोटो दूरीका सवारीसाधन गन्तव्यमा अघि बढेको खत्रीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *