केटीएम २५० ड्युकको मूल्य घट्यो

केटीएमको लोकप्रिय बाइक ड्युक २५० को मूल्य हालै ४६ हजार रुपैयाँले घटाएर ७ लाख १३ हजार रुपैयाँ पु¥याइएको छ।

यो घोषणा केटीएमका आधिकारिक विक्रेता हंशराज हुलासचंद एण्ड कम्पनीले गरेको हो

यसैगरी ग्राहकका लागि थप सुविधा स्वरूप, कम्पनीले ४० प्रतिशत डाउनपेमेन्ट गरेर ३६ महिनासम्म किस्ता प्रणालीमार्फत बाइक खरिद गर्न सकिने अफर ल्याएको छ।

नागरिकताको आधारमा खरिद सम्भव हुनेछ भने, पुरानो बाइक एक्सचेंज गरेमा १५ हजार रुपैयाँ थप भ्यालुएसन प्राप्त हुनेछ

ड्युक २५० मा २४९.०७ सीसी इन्जिन छ, र अब यो मूल्य कटौतीसँगै अझ बढी आकर्षक विकल्प बनेको छ।

यो मूल्य समायोजन र अफरले नयाँ ग्राहकलाई लक्षित गर्दै दोहोरिने खरिद प्रक्रियामा प्रोत्साहन पुर्‍याउने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *