Skip to content
बागमती प्रदेश सरकारले सवारीसाधनधनीहरूका लागि एक महत्त्वपूर्ण निर्णय गरेको छ।
अब पुराना सवारीसाधनहरूमा तिर्न बाँकी कर, नवीकरण दस्तुर र जरिवानामा पूर्ण छुट दिइने भएको छ।
यो छुट आर्थिक वर्ष २०८०/८१ सम्ममा कर तिर्नेले मात्र पाउनेछ।
जसले पुराना सवारीसाधनहरू नवीकरण गर्न छुट पाउनेछन् र सरकारले राजस्व संकलनमा वृद्धि गर्ने लक्ष्य लिएको छ।
त्यस्तै, व्यवसायीक फर्महरूको नवीकरण दस्तुर र जरिवाना पनि माफ गरिनेछ।
साथै, महिला, अपाङ्गता भएका, दलित, द्वन्द्वपीडित र अल्पसंख्यक व्यवसायीहरूलाई दस्तुरमा ७५% छुट दिइनेछ।
सरकारको यो कदमले सवारीसाधन र व्यवसाय नवीकरणलाई प्रोत्साहन गर्दै कानुनी प्रक्रियामा सहभागी हुन सहयोग गर्ने विश्वास गरिएको छ।
Post Views: 384