चीनको इलेक्ट्रिक गाडी निर्माता Xpeng को नयाँ SUV G7 ले ११ जुन २०२५ मा सार्वजनिक भएको ४६ मिनेटभित्रै १०,००० प्रि-अर्डर प्राप्त गर्दै विश्व EV बजारमा ठूलो चर्चा पाएको छ।
यसले Xpeng को प्रविधिमा आधारित नवप्रवर्तनप्रति उपभोक्ताको उत्साह र विश्वास प्रस्ट देखाएको छ।
G7 मा Xpeng को ‘Turing AI chip’, Huawei सँग मिलेर बनाइएको ८७-इन्चको AR-HUD, उन्नत स्वचालित ड्राइभिङ, 5C अल्ट्रा-फास्ट चार्जिङ, र ७०० किमीको रेञ्ज जस्ता अत्याधुनिक सुविधा छन्।
अन्तर्राष्ट्रिय स्तरमा लोकप्रियता पाइरहँदा, नेपालमा भने CG Motors ले Xpeng को G6 मार्फत पहिले नै “AI Mobility” को प्रविधि ल्याइसकेको छ।
G6 मा OTA अपडेट, XOS सिस्टम, ८००V चार्जिङ र SEPA 2.0 आर्किटेक्चरजस्ता सुविधा छन्, जसले नेपाली उपभोक्तालाई स्मार्ट र सुरक्षित इलेक्ट्रिक ड्राइभिङ अनुभव दिन्छ।
Xpeng को “AI Mobility” मा आधारित भविष्य अब नेपालमै महसुस गर्न सकिने भएको छ।