नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले मोटर र मोटरसाइकल स्पोर्ट्स, रेसिङ, र्याली र टुरिङजस्ता इभेन्टहरू कानुनी प्रक्रिया अनुसार गर्न सबैलाई आग्रह गरेको छ।
नासा नेपालका अनुसार हाल नेपालमा खेलकुद ऐन र नियम अनुसार मात्र यस्ता साहसिक खेलहरू गर्न सकिने व्यवस्था छ। तर केही प्रतियोगिता गैरकानुनी रूपमा भइरहेको भन्दै संघले चिन्ता व्यक्त गरेको छ।
संघले यदि कुनै क्लब, कम्पनी वा इभेन्ट प्रमोटरले यस्ता प्रतियोगिता गर्न चाहेमा नासा नेपाल, प्रदेश संघ र सरकारी निकायको सहकार्यमा अनुमति लिएर गर्नुपर्ने जनाएको छ।
संघले वैधानिक प्रक्रिया मानेर खेल आयोजना गर्नेहरूलाई सदैव स्वागत र सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। अन्यथा कानुनी कारबाहीको मार्ग अपनाउने चेतावनी पनि दिएको छ।
संघले सबैलाई सुरक्षित, व्यावसायिक र कानुनी रूपमा सहकार्य गरी नेपाली मोटरस्पोर्ट्स र दिगो पर्यटनको विकासमा योगदान दिन आह्वान गरेको छ।