वायु प्रदूषण न्यूनीकरणका लागि ‘ईभी र्‍याली’

अन्नपूर्ण मिडिया नेटवर्कले जलवायु परिवर्तन र वायु प्रदूषण न्यूनीकरण गर्न सचेतना जगाउनका लागि आज ‘ईभी र्‍याली’ गरेको छ।

शनिबार भृकुटीमण्डप जारी चौथो संकरणको एएमएन ‘ईभी र्‍याली’ को समुद्घाटन उपप्रधान एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गरेका हुन्।

भृकुटीमण्डपबाट सुरु भएको र्‍याली भद्रकाली, त्रिपुरेश्वर, टेकु, कालीमाटी, सोल्टीमोड, कलंकी, बल्खु, धोबीघाट, एकान्तकुना, जावलाखेल, कुपण्डोल, त्रिपुरेश्वर हुँदै जमलबाट फेरि भृकुटीमण्डप पुगेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *