अल्ट्राभोइलेट राइड मिस नेपालसँग

अल्ट्राभोइलेट मोटरसाइकलको “अल्ट्राभोइलेट राइड” कार्यक्रम जेष्ठ ३१ गते (शनिबार) हुने भएको छ। कार्यक्रमको उद्घाटन मिस नेपाल वर्ल्ड २०२४ आश्मा कुमारी केसीले गर्नेछिन्।

कार्यक्रमको सुरुआतमा बिहान ७:०० देखि ८:०० बजेसम्म, नक्सालस्थित अल्ट्राभोइलेट शोरूममा “Meet & Greet” सेसन हुनेछ।

यस विशेष अवसरमा सहभागी र शुभेच्छुकहरूलाई मिस नेपालसँग प्रत्यक्ष भेटघाटको लागि आमन्त्रित गरिएको छ।

केडिया अर्गनाइजेसनका बिजनेस हेड नवराज कोइरालाका अनुसार, राइड नक्सालबाट सुरु भई नयाँ बानेश्वर – भक्तपुर – बनेपा हुँदै धुलिखेलमा समापन हुनेछ।

यस राइडमा अल्ट्राभोइलेट बाइकका साथै २५० सीसी भन्दा माथिका अन्य बाइक राइडरहरू पनि सहभागी हुन सक्नेछन्।

राइडको उद्देश्य अफरोड र अनरोड दुवै अनुभव प्रदान गर्नु रहेको बताइएको छ।

राइडमा सहभागी हुने इच्छुकले आफ्नै बाइक र पेट्रोलको व्यवस्था गर्नुपर्नेछ, अन्य सबै व्यवस्थापन आयोजक कम्पनीले गर्नेछ।

अल्ट्राभोइलेट ब्रान्ड नेपालमा केडिया इन्टरनेशनल प्रा.लि. द्वारा वितरण हुँदै आएको हो।

यो प्रिमियम सेग्मेन्टको प्रतिष्ठित इलेक्ट्रिक बाइक हो र यसको शोरूम नक्साल, काठमाडौंमा अवस्थित छ।

थप जानकारीका लागि सम्पर्क:
📞 ९८०२३५६३१०

Leave a Reply

Your email address will not be published. Required fields are marked *