‘ट्रयाक’ खुलेको १५ वर्षपछि सडक कालोपत्र

पर्वतको चिसापानी–देउराली–बानीडाँडा सडक धमाधम कालोपत्र भइरहेको छ।

‘ट्रयाक’ खुलेको १५ वर्षपछि कालोपत्र थालिएको हो। संघीय सरकारद्वारा विनियोजित रु एक करोडको लागतमा सडक कालोपत्र गर्न थालिएको स्थानीय पूर्वाधार विकास कार्यालयले जनाएको छ।

सडक कालोपत्रसँगै टेवा पर्खाल, वर्षाको पानी निकासका लागि नाली निर्माण, ग्याबियन जाली भर्ने र कल्भर्ट निर्माणलगायत काम गत वर्षनै सम्पन्न भएकामा यस वर्षको बजेटले कालोपत्र मात्र गरिएको हो।

यो बाटो भएर वालिङ–हुवास सडकसम्म पुग्न सर्वसाधारणलाई सहज भएको छ।

स्थानीय पूर्वाधार विकास कार्यालयका इञ्जिनियर रवीन पन्थीका अनुसार चालु आर्थिक वर्षभित्रै कालोपत्रको सम्पूर्ण काम पूरा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *