सोलुमा अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु

सोलुदुधकुण्ड नगरपालिका-८ बाघखोरमा टेम्पो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

सदरमुकाम सल्लेरीबाट ओखलढुंगा जाँदै गरेको टेम्पो सडकबाट खस्दा त्यसमा सवार ओखलढुंगा मोलुङ गाउँपालिका-८ बस्ने २८ वर्षीय लाक्पा शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरले जानकारी दिए ।

बिहान साढे ११ बजेतिर भएको घटनामा अन्य तीनजना घाइते भएका छन् ।

अटो रिक्सा सडकबाट करिब १ सय ५० मिटर तल अनियन्त्रित भएर खसेको थियो ।

घाइते हुनेमा टेम्पो चालक सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका-६ मुक्लीका ३८ वर्षीय राजेश विक, सोही ठाउँका ४० वर्षीय काजी विक र ओखलढुंगा मोलुङका ३५ वर्षीय मिङमार शेर्पा रहेका छन् ।

उनीहरुको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको डीएसपी कुवँरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *