बिस्कुनका कारण पटक पटक दुर्घटना बढेपछि रंगेली नगरपाकिाले सार्वजनिक सडकमा खाद्यान्न सुकाउन निषेध गर्ने सूचना जारी गरेको थियो । तर, किसानको विरोध थेग्न नसकेपछि उक्त निर्णय फिर्ता लिनु परेको थियो ।
‘किसानहरूको असन्तुष्टि आएपछि सर्वदलीय सहमतिपछि नगरपालिकाले पुरानो निर्णय सच्याएको छ’, उपप्रमुख झुमाकुमारी पराजुलीले भनिन्, ‘राजमार्गको २० प्रतिशत क्षेत्रमा मात्र बिस्कुन सुकाउन पाइनेछ निर्णय भएको छ ।’
किसानहरूले वैकल्पिक स्थान नभएका कारण सडकमा बिस्कुन सुकाउन बाध्य भएको जनाउँदै आएका छन् । ‘सडक सार्वजनिक सम्पत्ति हो थाहा छ ।
तर राज्यले हामीलाई वैकल्पिक व्यवस्था नगर्दासम्म हामी सडकबाट बिस्कुन हटाउन सक्दैनौ’, सुनवर्षी नगरपालिकाका किसान मधुलाल गनगाईले भने ।