टाटा कर्भ ईभी लिएर दुई युवा ‘केटूके’ यात्रामा

टाटाको कर्भ ईभी लिएर अटोमोबाइलमा गहिरो रुची राख्ने दुई युवा काठमाडौंदेखि दक्षिण भारतको अन्तिम बिन्दु कन्याकुमारी यात्रामा निस्किएका छन्।

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले बिहीबार वातावरण दिवसको अवसर पारेर थापाथलिमा रहेको टाटा कार शोरुमबाट उनीरुलाई ‘फ्ल्याग अफ’ गरी बिदाइ गरेको हो।

कर्भ ईभी लिएर अवाशिष ओझा र विजय कसजु काठमाडौंबाट भारतको कन्याकुमारीतर्फ लागेका हुन्।

उनीहरुले यसअघि मोटरसाइकल लिएर काठमाडौं-कन्याकुमारी(केटूके) यात्रा गरिसकेका छन्। यो पटक उनीहरुले विद्युतीय कार टाटा कर्भ लिएर उक्त यात्रा तय गरेका हुन्।

टाटा कर्भ ईभी ५५ किलोवाट आवर ब्याट्रीयुक्त कुपे एसयूभी हो। गत महिना दक्षिण भारतको केरलाबाट टाटाको विद्युतीय कार कर्भ ईभी चढेर ३ जना काठमाडौं आएका थिए।

३ हजार किलोमिटरभन्दा बढी दुरी पार गरेर कर्भ ईभीमा उनीहरु बैशाख ३१ गते काठमाडौं आइपुगेका थिए।

भारतको केरला राज्यको कोचीबाट काठमाडौंसम्म जीओ ईसी टिमले यो यात्रा तय गरेको हो। जसमा यदु र उनीसँगै ट्राभल भ्लगर याजिन पनि सहभागी भएका थिए।

कर्भ ईभीमा भारतको कन्याकुमारीतर्फ लाग्नुअघि अवाशिष ओझाले बाटोका हिसाबले र दक्षिण भारत ठाउँका हिसाबले अनौठो नभए पनि विद्युतीय कारमा पहिलोपटक जान लागेकाले केही फरक अनुभव हुने बताए।

‘दक्षिण भारत यात्रा मेरालागि त्यति नयाँ होइन।

तर विद्युतीय कारमा जान लागेकाले के कस्तो हुने हो, चार्जिङ सुविधाको उपलब्धताले यात्रालाई रोमाञ्चक र केही तनावपूर्ण बनाउन सक्छ,’ उनले भने, ‘यी सबै कुराका लागि हामी एक्साइटेड छौँ। कर्भ ईभीले हाम्रो यात्रालाई थप एक्साइटेड बनाउने छ।’

कर्भ ईभीमा काठमाडौंबाट कन्याकुमारी पुगेर काठमाडौं आइपुग्न १५ दिनदेखि १८ दिन लाग्ने अनुमान गरिएको छ।

सिप्रदीले बिहीबार विश्व वातावारण दिवसको अवसर पारेर कर्भ ईभीमा कन्याकुमारी जान लागेका ओझा र कसजुलाई बिदाइ गरेको हो।

कर्भ ईभीको १ सय ८६ एमएम ग्राउन्ड क्लियरेन्स भएकाले यात्रामा खासै समस्या आउने छैन।

टाटा मोटर्सले पहिलोपटक बनाएको कुपे डिजाइन एसयूभी कर्भ लङ रेन्ज मोडल ५५ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। यही मोडल सिप्रदीले नेपालमा बिक्री गरिरहेको छ। केटूके यात्रामा पनि यही कर्भ ईभी लगिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *