तनहुँमा बस र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर १ गुणादीस्थित पृथ्वी राजमार्गमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ।

बुधबार दिउँसो थर्पुबाट दमौलीतर्फ गइरहेको ग १ ख ९३९९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको ग १७ प ५१४६ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए।

दुर्घटनामा परेका कास्की माछापुच्छ्रे गाउँपालिका नम्बर ४ का २४ वर्षीय सरोज पौडेललाई तत्काल उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएको थियो।

तर, उपचारको क्रममा करिब ३ः५० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।

बस चालक तनहुँ शुक्लागण्डकी नगरपालिका नम्बर १० का ३४ वर्षीय तारापति शर्मा प्रहरीको नियन्त्रणमा रहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *