Skip to content
टाटा मोटर्सले भारतमा आफ्नो नयाँ विद्युतीय गाडी ‘ह्यारियर इभी’ सार्वजनिक गरेको छ।
यो गाडीमा दुईवटा मोटर छन्, जसले ५०४ एनएम टर्क उत्पादन गर्छ। गाडी ६.३ सेकेन्डमा ० देखि १०० किमी प्रतिघण्टा गति पुग्न सक्छ।
यसमा ६५ र ७५ किलोवाट आवर क्षमताका ब्याट्री छन्, जसले १५ मिनेटको चार्जमा २५० किमी र फुल चार्जमा ४८० देखि ५०५ किमी रेन्ज दिन्छ।
गाडीमा ६ वटा अफरोड ड्राइभिङ मोड, अल ह्वील ड्राइभ, र १४.५३ इन्चको इन्फोटेनमेन्ट स्क्रिन जस्ता सुविधाहरू छन्।
भारतमा यसको मूल्य २१ लाख ४९ हजार भारु तोकिएको छ।
Post Views: 301