डेनमार्कमा नयाँ सवारीमध्ये ६१ प्रतिशत विद्युतबाट चल्ने

डेनमार्कमा सन् २०२५ को मे महिनामा बिक्री भएका नयाँ सवारीमध्ये ६१ प्रतिशत विद्युतबाट चल्ने सवारी रहेका छन् ।

यो तथ्यांकले हरित यातायातप्रतिको जनचासो बलियो रहेको देखाएको छ, यद्यपि आगामी कर प्रणालीबारे अनिश्चितता देखिन्छ ।

‘मोबिलिटी डेनमार्क’ नामक यातायातसम्बन्धी संस्थाले सार्वजनिक गरेको विवरणअनुसार मे महिनामा डेनमार्कमा १७ हजार ९५३ वटा नयाँ यात्रुवाहक सवारी दर्ता गरिए, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा २३.३ प्रतिशतले बढी हो ।

तीमध्ये ६१ प्रतिशत सवारी विद्युत्बाट सञ्चालन हुने गरेका थिए । निजी खरिदकर्तामा विद्युत् सवारीको अनुपात अझै उच्च रहेको बताइएको छ ।

संस्थाका प्रमुख म्याड्स रोर्बिगले भने, ‘जनतामा नयाँ प्रविधिप्रतिको रुचि, विशेषगरी हरित प्रविधिप्रति आकर्षण देखिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *