कर्मसियल इभी चलाउनेले भने धन्यवाद सरकार

यो वर्ष सबै खालका इभीमा कर बढ्छ भन्ने अनुमानको आधारमा बजेट भाषण अगावै नेपालमा केही हजार इभी भित्रीएका थिए ।

केही भविष्यमा कर्मसियल इभी चलाउन चाहाने नेपालमा भएका संभावित व्यवसायी र विदेश छोडेर नेपाल आउने र इभी चलाउने सोच भएका व्यक्तिहरु कर बढ्छ भनेपछी निराश भएका थिए ।

तर अहिले सबैले सरकारलाई धन्यवाद दिएका छन् । कारण यो वर्ष इभी आयातमा कुनै खालको कर बढेको छैन ।

तर सडकमा लाग्ने कर अहिले प्रदेश सरकारको नियन्त्रणमा भएको हुनाले प्रदेशको बजेट भाषण अगाडी सडक करको बारेमा ढुक्क हुन सक्ने अवस्था भने छैन ।

पछिल्लो दिनमा धेरै व्यावसायीले बजेट भाषण अगावै इभी ल्याएका थिए । उनिहरुले अब इभीको कर बढ्छ त्यसैले सस्तो मुल्यमा किनेको इभी महंगोमा बिक्री गर्न मिल्छ र उच्च नाफा लिन सकिन्छ भन्ने अनुमान गरेका थिए ।

अहिले कर नबढेपछी केही व्यावसायी निरास भएका छन् । हुनत अल्पकालमा उनिहरुले थोरै नाफा गुमाए पनि दिर्धकालमा फाइदा हुने इभी व्यावसायीलाई पनि हो ।

इभीमा कर बढ्दा त्यसको मुख्य असर उपभोक्तालाई पर्छ । तर मंहगो भएपछी गाडी समयमा बिक्दैन । बिक्री सुस्त भएको खण्डमा ठूलो लगानी र भौतिक संरचना बनाएका व्यवसायीलाई पनि ठूलो नोक्सान हुन्छ ।

त्यसैले व्यवसायी थोरै गाडी बेचेर धेरै नाफा लिन चाहादैनन् नकी उनिहरु धेरै गाडी बेचेर एउटा गाडीमा कम नाफा लिन चाहान्छ ।

अहिले सम्म नेपालमा प्रशस्त इभी भित्री सकेका छैनन् । प्रशस्त चार्जिङ स्टेसन पनि बनि सकेका छैनन् । इभीको मर्मत अहिले सुलभ भैसकेको छैन । पार्ट्स पनि मंहगा छन् भन्ने माइक्रो इभीका चालकले गुनासो गरेका छन् ।

यसको मतलब नेपालमा भरपर्दो इभीको इको सिस्टम बनिसकेको छैन । कतिपय विषय परिक्षण पनि भैसकेका छैनन् । इभीलाई अनुकुल हुने खालको सडक बनि सकेको पनि छैन ।

त्यसैले अहिलेनै इभीको मुल्य बढाउने बेला भएको छैन । यो कुरा अहिलेका अर्थमत्रिले बुझेको हुनु पर्छ । त्यसैले यो बर्ष धेरैले बजेटको प्रसंसा गरेका छन् ।

त्यसैले इभी पारखीले पनि सबैलाई धन्यवाद दिएका छन् । अब एक वर्षमा इभीको थप इको सिस्टम बनिसक्ने छ । यो हाम्रो विश्वास हो ।

News : सरोज प्याकुरेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *