लक्ष्मी कमर्शियल भेहिकल्स प्रा.लि., जो नेपालमा SML ISUZU सवारी साधनहरूको एकमात्र वितरक, लक्ष्मी कमर्शियल भेहिकल्स प्रा.लि द्वारा तुलसीपुर, दाङमा ग्राहक भेटघाट २०२५ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।
कार्यक्रममा SML ISUZU का नेपालका लागि Country Manager Mrs. सुमन नागपाल विशेष उपस्थित हुनुहुन्थ्यो।
उहाँले SML ISUZU को अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्राविधिक विश्वसनीयता, र ब्रान्डको विश्वव्यापी सफलता बारेमा सम्बोधन गर्नुभएको थियो।
साथै, उहाँले कार्यक्रममा सहभागी ग्राहकहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै सुझावहरू सुन्नु भयो।
त्यसैगरी, लक्ष्मी कमर्शियल भेहिकल्स प्रा.लि.का Sales Head श्री सञ्जय खड्का ले कम्पनीको बिक्री तथा उत्कृष्ट पछिल्लो सेवा (after-sales service) को प्रतिबद्धता प्रष्ट पार्नुभयो।
उहाँले ग्राहकहरूको सल्लाह र सुझावप्रति कम्पनी सधैं गम्भीर रहेको र आवश्यक सुधार तथा सेवा विस्तारमा हामी सधैं तयार रहेको स्पष्ट गर्नुभयो।
कार्यक्रममा Mausam Trading Pvt. Ltd. का प्रोप्राइटर तथा लक्ष्मी कमर्शियल भेहिकल्सका अधिकृत सेवा प्रदायक श्री भूपाल रावत ले पनि सम्बोधन गर्नुभयो।
उहाँले कुनै पनि समय र कुनै पनि स्थानमा सेवा दिन आफू प्रतिबद्ध रहेको बताउँदै ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा सहभागी १५० भन्दा बढी ग्राहक प्रतिनिधिहरू थिए जसमा ईँटा उद्योग, कन्स्ट्रक्सन, क्रसर, बालुवा व्यवसाय र बैंकिङ क्षेत्रका सरोकारवाला व्यक्तिहरू प्रमुख रूपमा सहभागी थिए।
केही ग्राहकहरूले SML ISUZU का ट्रक र टिपरप्रति आफ्नो सन्तुष्टि र प्रशंसा व्यक्त गरे, जसले कम्पनीप्रति विश्वास अझ बढेको देखियो।
यस कार्यक्रमले ग्राहकहरूसँगको सम्बन्ध थप प्रगाढ बनाउन, सुझावहरू संकलन गर्न, र व्यवसायिक साझेदारीलाई मजबुत बनाउन सकारात्मक भूमिका खेलेको छ।
लक्ष्मी कमर्शियल भेहिकल्स प्रा.लि. ले भविष्यमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्दै ग्राहक सन्तुष्टि र व्यवसायिक सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।