काठमाडौं महानगरपालिकाको आयोजनामा टुँडिखेलमा भइरहेको ‘सिप मेला २०८२’ मा अग्नि टेक्निकल इन्स्टिच्युट अन्तर्गत इग्नाइट लर्निङ ल्याबले सक्रिय सहभागिता जनाइरहेको छ ।
सिपयुक्त र रोजगारयोग्य युवा जनशक्ति तयार गर्ने लक्ष्यसहित आयोजना भइरहेको कार्यक्रममा इग्नाइट लर्निङ ल्याबले हस्पिटालिटी अन्तर्गत विभिन्न विधामा तालिम उपलब्ध गराइरहेको जानकारी दिएको हो । ।
‘स्किल–अप विथ इग्नाइट, स्केल–अप योर फ्युचर’ भन्ने मुख्य सन्देशसाथ इग्नाइटले ‘लक्जरी हस्पिटालिटी कोर्स’, ‘फुड एन्ड बेभरेज ट्रेनिङ’ तथा ‘बार ट्रेनिङ’ उपलब्ध गराइरहेको छ ।
इग्नाइट लर्निङ ल्याबले यी कोर्समार्फत विभिन्न क्षेत्रमा उत्सुक हुने, सिप सिकी काम गर्न चाहनेको ‘प्यासन’लाई ‘प्रोफेसन’मा बदल्न सहयोग गर्ने उद्देश्य लिएको छ ।
हस्पिटालिटी क्षेत्रमा इच्छा हुनेले ‘फुड एन्ड बेभेरेज’, ‘बार एन्ड बेभेरेज सर्भिस’, ‘सर्भिस एटिक्वेट एन्ड डाइनिङ एक्सपेरियन्सेस’, ‘मेनु एन्ड टेबुल म्यानेजमेन्ट’, ‘रेस्टुरन्ट अपरेसन’, ‘मिक्सोलोजिी एन्ड ड्रिंक क्राफ्टिङ’, ‘बार सेट–अप एन्ड इन्भेन्टरी कन्ट्रोल’, ‘रियल–टाइम गेस्ट सर्भिस ड्रिल’ लगायत विधाका कोर्समा तालिम लिन सक्नेछन् ।
इग्नाइट लर्निङ ल्याबमार्फत यी कोर्स पूरा गर्ने प्रशिक्षार्थी, हस्पिटालिटी क्षेत्रमा रोजगारका लागि छोटो समयमा नै तयार हुन सक्नेछन् ।
इग्नाइट लर्निङ ल्याबले कोर्समा भएका पाठहरूको प्रत्यक्ष डेमोका साथमा, हस्पिटालिटी उद्योगमा दक्ष र अनुभवी प्रशिक्षकबाट करियरका लागि निःशुल्क मार्गदर्शन वा मेन्टरिङ प्रदान गर्दै प्रशिक्षार्थीहरूको लक्ष्य हासिल गर्न सहयोग पनि गरिरहेको जनाएको छ ।
यसका साथै तालिम पूरा गर्ने प्रशिक्षार्थीलाई व्यावसायिक क्षेत्रमा परिचित गराउन इन्टर्नसिप प्लेसमेन्टको ग्यारेन्टी पनि गरेको छ ।
हालसम्म १ हजार ६ सयभन्दा बढी सक्रिय प्रशिक्षार्थी भएको सिप मेला ७ जेठदेखि सुरु भएको थियो भने ३० दिनसम्म वा अझै असार ७ गतेसम्म चल्नेछ ।
Post Views: 294