एयर फोर्स वनको फ्लीटमा हाल दुई वटा ७४७–२०० जेट छन् । यी विमान १९९० देखि प्रयोगमा छन् । यसका साथै अरू केही साना ७५७ विमानहरू पनि फ्लीटमा समावेश छन् ।
ह्वाइट हाउसले बोइङलाई दुई थान ७४७–८ विमानको ठेक्का दिएको थियो । तर कम्पनीले यसको डेलिभरीमा ढिला हुने बताइरहेको छ । यसकारण ट्रम्प बोइङप्रति असन्तुष्ट छन् ।
ट्रम्पको टोलीले उनको पहिलो कार्यकालमा नै ७४७–८ किन्न खोजेको थियो । तर कम्पनीले बारम्बार यसको डेलिभरीमा ढिलाइ गर्यो । अब पनि अर्को दुई तीन वर्षअघि कम्पनीले विमान दिने कुनै छाँट छैन ।
कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल–थानीले यो उपहार सरकारले सरकारलाई दिन थालेको बताएका छन् ।
‘यसको व्यक्तिगत सम्बन्धसँग कुनै सम्बन्ध छैन । न त अमेरिकी पक्षबाट, न कतारी पक्षबाट । यो दुई रक्षा मन्त्रालय बिचको मामिला हो’ उनले भनेका छन् ।