७ सवारी साधनलाई ठक्कर

काठमाडौँको गौशालास्थित पिंगलास्थानमा एयरपोर्टतर्फ जाँदै गरेको बा.५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको यात्रुवाहक बस  अनियन्त्रित भएर अन्य ७ वटा सवारी साधनलाई ठक्कर दिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले अन्य सवारी साधनलाई ठक्कर दिएको बताए ।

सो दुर्घटनामा परेर धादिङ घर भएका ३२ वर्षीय चालक राजकुमार श्रेष्ठ, नुवाकोट घर भएका २२ वर्षीय विकाश कट्टेल र खोटाङ घर भएका ३७ वर्षीय चालक शैलेन्द्र राई ३ जना घाइते भएका छन् ।

सो बसले बिएसी ९७७३ नम्बरको कार, बा.१६ च ४४५२ नम्बरको कार, बा.५१ प २२ नम्बरको मोटरसाइकल, बा.५ ख ७३१ नम्बरको हायस माइक्रो, बागमती प्रदेश–०१–०२६ च ८५७६ नम्बरको कार, र बागमती प्रदेश–०२–०४६ प ४८१९ नम्बरको स्कुटर र प्रदेश–२–०१–००३ प १००५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको छ ।

ठक्कर दिने गोकर्णेश्वर यातायातका चालक फरार भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *