नेपालमै पहिलो पटक उच्च भू–भागमा लक्जरी इलेक्ट्रिक फोरह्विल ‘म्याक्सस इ-टेरोन ९ पिकअप’ सार्वजनिक भएको छ ।
पिकअप सार्वजनिकसँगै ‘एअर सस्पेन्सन’को सफल प्रदर्शन पनि गरिएको प्रवन्ध निर्देशक सौरब थापाले बताएका छन ।
यसबाट नेपालको विद्युतीय सवारी साधन यात्रामा नविनतम आयाम थप भएको छ ।
नेपालको अटोमोबाइल बजारमा अग्रणी पहिचान बनाउन सफल हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोट्रक्स प्रा.लि.ले नेपालमै पहिलो पटक हिमालको काखमा पिकअप सार्वजनिक गरेको छ ।
‘म्याक्सस इ-टेरोन ९ पिकअप’लाई काठमाडौंदेखि मनाङसम्मको यात्रासहित मनाङमा भव्य कार्यक्रमबीच सार्वजनिक गरिएको छ ।
३,५१९ मिटर (११,५४५ फिट) उचाइमा अवस्थित मनाङ जिल्लामा आयोजित कार्यक्रमले नेपालको जस्तोसुकै विकट भौगोलिक संरचनामा पनि यो विद्युतीय सवारीसाधन उपयुक्त छ भन्ने कुरा प्रमाणित गरेको छ ।
नेपालको इतिहास मै पहिलो पटक यस्तो उचाइमा लक्जरी इलेक्ट्रिक पिकअपको आधिकारिक रुपमा सार्वजनिक भएको हो ।
एग्रेसिभ लुक भएको यो पिकअप नेपालमा आयात हुने कुनै पनि अन्य पिकअप भन्दा हरेक कुरामा अब्बल रहेको छ भनेर कम्पनीको दाबी छ।
किन मनाङमा गरियो सार्वजनिक ?
हिमालय मोट्रक्सले म्याक्सस इ-टेरोन ९ को लन्चिङका लागि मनाङ छानेको हो । मनाङमा म्याक्सस पिकअप सार्वजनिक गर्ने निर्णय केवल एक स्थल चयन मात्र नभई विद्युतीय सवारीका क्षेत्रमा भएको नविनतम आयामको प्रदर्शनका लागि यो एक सन्देश पनि हो ।
कठोर हिमाली भूभाग, चट्टानी बाटो र उच्च उचाइका कारण मनाङ नेपालकै चुनौतीपूर्ण अफरोड क्षेत्रमध्ये एक हो ।
यस्तो स्थानमा सफल परीक्षण र प्रदर्शन गरेर, कम्पनीले यो विद्युतीय पिकअपको डुअल मोटर फोरह्विल प्रणाली, एडप्टिभ एअर सस्पेन्सन र सम्पूर्ण भू–भागमा सहज संचालन क्षमताको प्रमाण प्रस्तुत गरेको छ ।
म्याक्सस इ-टेरोन ९,नवप्रवर्तन र शक्तिसँगको समायोजन:
शहरी सडकदेखि हिमाली बाटासम्म सहजै संचालन गर्न डिजाइन गरिएको म्याक्सस इ-टेरोन ९, नेपालकै पहिलो लक्जरी इलेक्ट्रिक पिकअप हो ।
जसमा एडजस्टेबल एअर सस्पेन्सन समावेश छ । चाहे शहर होस् वा हिमाल, यसले शक्ति, दायरा र आरामको नयाँ परिभाषा दिएको छ ।
शक्ति र प्रदर्शनः
– डुअल मोटर 4WD (अगाडिः १२५ kW । पछाडिः २०० kW)
– ७०० Nm टर्क
– ०–१०० km/h केवल ५.८ सेकेन्डमा
– उच्चतम गतिः १९० km/h
ब्याट्री र रेन्ज:
– १०२.२ kWh LFP ब्याट्री
– अधिकतम दायराः ५६० किमी (NEDC)
– फास्ट चार्जिङः २०–८०% केवल ४२ मिनेटमा
– ८ बर्ष वा २ लाख किमि वारेन्टी
अफरोड क्षमताः
– २६० mm ग्राउन्ड क्लियरेन्स (इलेक्ट्रोनिक एअर सस्पेन्सन सहित)
– मूल्य(प्रथम चरणमा बुकिङ गर्नेहरुको लागि मात्र): रु. ९९,९९,०००/-
हिमालय मट्रक्स प्रा.लि.
हिमालय मोट्रक्स प्रा.लि., हिमालय अर्गनाइजेसन अन्तर्गतको संस्था हो । जसले SAIC मोटर कर्पोरेशन अन्तर्गतको प्रतिष्ठित इलेक्ट्रिक ब्रान्ड Maxus का सवारीहरू नेपालमा आयात तथा वितरण गर्छ ।
विश्वका ७० भन्दा बढी मुलुकहरूमा सञ्चालन हुने Maxus ले उन्नत प्रविधि, भरपर्दो इन्जिनियरिङ र लक्जरी इलेक्ट्रिक सवारी विकासमा विशिष्टता बनाएको छ ।
हिमालय अर्गनाइजेसन
हिमालय अर्गनाइजेसन नेपालकै अग्रणी व्यावसायिक समूह हो । सन् १९९१ मा स्थापित यो समूहले सम्मानित र बहु–आयामिक व्यावसायिक पहिचान बनाएको छ ।
२०० भन्दा बढी कर्मचारी र २२+ शाखा÷डिलर नेटवर्कसहित यो समूहले अटोमोबाइल्स, हस्पिटालिटी, रियल स्टेट तथा हाउजिङ, बैंक तथा वित्तीय सेवा, कृषि लगायत क्षेत्रमा लगानी विस्तार गरेको छ ।
Force Motors India को नेपालका लागि आधिकारिक वितरक हिमालय अर्गनाइजेसनले नेपालभर बलियो व्यावसायिक सवारी साधन उपलब्ध गराउँदै आएको छ ।