म्याक्सस ईटेरानाे पहिलो पटक मनाङमा सार्वजनिक गर्दै

नेपालमा हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय माेट्रक्सले लक्जरी इलेक्ट्रिक फोरह्विल “म्याक्सस ईटेरानाे पिकअप” पहिलो पटक उच्च हिमाली भाग मनाङमा सार्वजनिक गर्ने तयारी भएको हो ।

‘म्याक्सस इटेरानो ९ पिकअप’लाई काठमाडौंदेखि मनाङसम्मको यात्रासहित मनाङमा भव्य कार्यक्रमबीच सार्वजनिक गरिने जनाइएको छ ।

केही समयका लागि मात्र, म्याक्सस ईटेरानो पिकअपको मूल्य ९९ लाख ९० हजार र मिफा एमपीभएको मूल्य १ करोड २४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

पाँच जना बस्न मिल्ने म्याक्सस ईटेरानो पिकअपमा हिटेड सिट समेत भएकाले लामो यात्राका लागि समेत उपयोगी छ ।

फोर ह्विल ड्राइभमा उपलब्ध सो पिकअपमा १०२ किलोवाट आवरको ब्याट्री रहेको छ, जसलाई ४२ मिनेटमा २० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।

१९० किलोमिटर प्रतिघण्टाको गतिमा चलाउन सकिने सो पिकअपले सिंगल चार्जमा ५६० किलोमिटर (एनईडीसी) रेन्ज दिने बताइएको छ । यसको फ्रन्टमा १२५ र रियरमा २०० किलोवाटको मोटर छ ।

२३० एमएम ग्राउन्ड क्लियरेन्स भएको ईटेरानो पिकअपमा सेफ्टीका लागि समेत ३६० डिग्री क्यामेरा, रियर र फ्रन्ट पार्किङ सेन्सर, एसीसी, आईसीए, लेन किप असिस्ट, इन्टेलिजेन्ट स्पिड लिमिट असिस्टेन्स लगायतका विभिन्न फिचर छन् ।

त्यसैगरी म्याक्सस मिफामा भएको ९० किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ६३५ किलोमिटर (डब्लुएलटीपी) रेन्ज दिने बताइएको छ ।

ब्याट्रीलाई ३० मिनेटमा ३० देखि ० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ, यसमा १८० किलोवाटको मोटर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *