नछुटाउने Deepal EV अफर

MAW Vriddhi Autocorp, जुन Deepal ब्रान्डको आधिकारिक बिक्रेता हो – जसलाई स्टाइलिस र अत्याधुनिक इभी (EV) को रुपमा चिनिन्छ – ले “नछुटाउने प्रस्ताव” घोषणा गरेको छ।

यो अफर नयाँ आर्थिक वर्षको बजेट आउनु अगाडि Deepal को स्टाइलिश र विशेष सुविधायुक्त EV किन्न चाहने ग्राहकहरूका लागि उत्कृष्ट मौका हो।

यो “नछुटाउने बजेटअघिको अफर” अन्तर्गत ग्राहकहरूले अहिलेसम्मकै सबैभन्दा ठूलो नगद छुट, अनि पुरानो सवारी साट्दा आकर्षक एक्सचेन्ज बोनस पाउने छन्।

साथै, ग्राहकहरूले नि:शुल्क सम्पूर्ण बीमा (Auto Plus Insurance)वर्ष २०८२/८३ को सडक कर (Road Tax) नि:शुल्क पाउने छन्।

सवारी किन्न सजिलो बनाउन, MAW Vriddhi ले २०% मात्र डाउन पेमेन्टमा सवारी किन्न मिल्ने आकर्षक फाइनान्सिङ योजना ल्याएको छ, जसमा ८.९९% ब्याजदर हुनेछ।

यो अफर चैत्र ११ (April 23) देखि शुरु भई ४५ दिनसम्म मात्र मान्य हुनेछ।

त्यसका साथै, सबै ग्राहकहरूलाई नि:शुल्क ७kW वाल चार्जर३kW ट्राभल चार्जर पनि दिइनेछ।

अहिले बजेटपछि इभीको मूल्य बढ्न सक्ने अनुमान भइरहेकाले, यो अफर हालको मूल्यमा Deepal EV किन्न सकिने अन्तिम मौका हुन सक्छ

Deepal ले नेपालमा सुरू भएको १ वर्षमै ८०० भन्दा बढी गाडी बिक्री गरेर नेपालको नम्बर १ लक्जरी EV ब्रान्ड बन्न सफल भएको छ।

अहिले Deepal का ४ मोडलहरू छन्: S07, S07L, L07, र E07। यी EV हरूमा Gesture Control, AR-HUD, र Sunflower Touchscreen जस्ता १० भन्दा बढी नयाँ प्रविधिहरू छन् जसले ग्राहकहरूको EV प्रतिको सोच नै बदलिदिएको छ।

ग्राहक सन्तुष्टि र EV इकोसिस्टमको सुधारप्रति प्रतिबद्ध MAW Vriddhi ले अहिले नेपालभरि १०० भन्दा बढी चार्जिङ स्टेशनहरू सञ्चालन गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *