लेदोसहितको पहिरोले अवरुद्ध अरनिको राजमार्ग सुचारु

अविरल वर्षापछि खसेको लेदोसहितको पहिरोका कारण अवरुद्ध अरनिको राजमार्ग सुचारु भएको छ ।

साँझ ८ बजेबाट पूर्ण रुपमा राजमार्ग सुचारु भएको छ ।

पाँचखाल नगरपालिका–८ स्थित ५० किलो , ५१ किलो, ५२ र ५३ किलोमा लेदो सहितको पहिरो आएर अवरुद्ध भएको सडक सुचारु भएको पाँचखाल नगरपालिका वडा नं ८ का अध्यक्ष सञ्जय तामाङले जानकारी दिए ।

‘माथिबाट आएको लेदोसहितको पहिरोका कारण चार ठाउँमा अवरुद्ध भएको थियो, सडक विभाग र नगरको जेसीबी प्रयोग गरी सडक खुलाएका छौं,’ अध्यक्ष तामाङले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *