अवरुद्ध सबै सडक सञ्चालनमा [सूची]

बुधबार साँझदेखि परेको अविरल वर्षापछि अवरुद्ध भएका विभिन्न स्थानका सडकहरू सञ्चालनमा आएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार केही सडक पूर्ण रूपमा सञ्चालनमा आएका छन् भने केही एकतर्फी रूपमा सञ्चालनमा आएका हुन् ।

यसअघि विभिन्न जिल्लाका १३ वटा स्थानमा बाढीपहिरोका कारण सडक अवरुद्ध बनेका थिए ।

प्रहरीले बिहीबार साँझ ५ बजे जारी गरेको अपडेटमा सबै सडक सञ्चालनमा आएको जानकारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *