रोल्पा र डोटीमा सवारी दुर्घटना

रोल्पा र डोटीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

रोल्पाको माडी गाउँपालिका–२ घर्तीगाउँस्थित सडकमा दाङ घोराहीबाट चुनवाङ रुकुम पूर्वतर्फ जाँदै गरेको रा.१ ख २७७८ नम्बरको बसको ठक्करबाट माडी गाउँपालिका–२ औल बस्ने ८० वर्षीय देवराम घर्तीको सोमबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।

स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै डोटीको बडीकेदार गाउँपालिका–३ देउथानस्थित सडकमा बा.प्र.०३–००१ ख २५३ नम्बरको मिनिट्रक अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा ट्रकमा सवार सोही गाउँपालिका–३ देवल बस्ने २७ वर्षीय सन्तोष गुरुङको मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका ट्रकमा सवार १ जनालाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी मुलिचौर पठाइएको छ ।

हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *