बेलायती कार निर्माता कम्पनी जागुआर ल्यान्ड रोभरले अमेरिकी बजारमा आफ्नो कारको ढुवानी बन्द गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लगाएको अतिरिक्त भन्सार महसुलका कारण कम्पनीले यो हप्ताको शुरुमा अमेरिकातर्फको ढुवानी बन्द गरेको हो ।
बिहिबारदेखि अमेरिकामा भित्रिने कारमा २५ प्रतिशत अतिरिक्त भन्सार महसुल लागेको छ ।
ट्रम्पले विश्वको आपूर्ति शृङ्खलालाई झट्का दिने खालका यस्ता कयौं उपायको घोषणा गरेका छन् ।
बेलायतको कार उद्योगका लागि अमेरिकी ईयूपछि दोस्रो ठूलो निर्यात बजार हो ।
ट्रम्प ट्यारिफलाई विचार गरेर मध्यमदेखि दीर्घकालीन योजना बनाउनु अघि आफूहरूले अप्रिलमा ढुवानी बन्द गर्ने निर्णय गरेको कम्पनीका एक प्रवक्ताले विज्ञप्तिमा भनेका छन् ।
जागुआर ल्यान्ड रोभरको लक्जरी ब्रान्डका लागि अमेरिका महत्वपूर्ण बजार हो ।
अमेरिकामा बेलायतबाट अन्य सामानभन्दा कार धेरै आउँछन् । कारमा अतिरिक्त भन्सार महसुल अप्रिल ३ देखि लागू भएको छ । स्पेयर पार्टस्माथि महसुल आगामी महीनादेखि लाग्नेछ ।
बेलायतबाट आउने अरु सबै सामानमा छुट्टै १० प्रतिशत अतिरिक्त भन्सार महसुल पनि लाग्दैछ ।
Post Views: 330