विद्युतीय गाडी ‘बीवाईडी’को नेपालका लागि आधिकारिक विक्रेता ‘साइमेक्स इन्क’ की महाप्रबन्धक यमुना श्रेष्ठले ‘ग्रीन अटोमोटिभ एक्सिलेन्स अवार्ड, २०२५’ प्राप्त गर्नुभएको छ ।
कर्पोरेट म्यागजिनले उहाँलाई सो अवार्ड प्रदान गरेको हो ।
बिहीबार काठमाडौंको लाजिम्पाटस्थित र्याडिसन होटेलमा आयोजित ‘कर्पोरेट बिजनेश अवार्ड, २०२५’ समारोहमा उहाँलाई सो अवार्ड प्रदान गरिएको कर्पोरेट म्यागजिनका संस्थापक सम्पादक उज्वलजंग शाहले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि रक्षामन्त्री मानवीर राई, अवार्ड छनोट समिति संयोजक तथा नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) की पूर्वअध्यक्ष भवानी राणा, कर्पोरेट मिडियाकी उपाध्यक्ष सुष्मा महरालगायतले उहाँलाई अवार्ड प्रदान गर्नुभएको थियो ।