पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा बालुवा बोकेको टिपरको पट्टा भाँचिदा सडक अवरुद्ध भएको छ ।
विनय त्रिवेणी गाउँपालिका–२ घ्यू खोला नजिकै लु २ ख ४२५ नम्बरको टिपर बिग्रिँदा तीन घण्टासम्म सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।
तीन घण्टापछि एकतर्फीरुपमा सडक सुचारु भए पनि सवारीको लामो लाइन लागेको छ । पूर्वतर्फ दुम्किबास र पश्चिमतर्फ बर्दघाटमा यात्रुहरू रोकिएका छन् ।
सडक विस्तारको क्रममा रहेको यस सडक खण्डमा पहाड काट्ने, कल्भर्ट निर्माण जस्ता कामले हरेक दिन सवारी जाम हुने गरेको छ ।
साँघुरो सडकमा एउटा सवारी बिग्रिँदा पनि जाम हुने समस्याले यात्रुले सास्ती पाएका छ्न् ।
सडकको अवस्था जीर्ण हुँदा दाउन्ने खण्डको १४ किलोमटर दूरी पार गर्न २ देखि ३ घण्टा लाग्ने गरेको छ ।