टेस्लाका लागि भारत आवश्यक

टेस्लाबाट भारतलाई जति लाभ हुन सक्छ त्यसको ठ्याक्कै विपरित भारतबाट टेस्लालाई पनि त्यति नै लाभ मिल्नेछ। टेस्लाको मुख्य बजारमा यसको बिक्री चिनियाँ प्रतिस्पर्धीका कारण गिर्दो रहेको छ।

अर्को कारण टेस्लाले नयाँ मोडल ल्याउन ढिलाई गरेकाले पनि बिक्रीमा कमी आएको अनुमान छ।

विद्युतीय कार बिक्री संख्या र आय दुवैमा टेस्ला दोस्रो नम्बरमा झरेको छ। एलन मस्कको राजनीतिक झुकावले पनि टेस्लाको मार्केट क्यापमा प्रभाव परेको छ।

मुख्य बजारमा टेस्लाको बिक्री बढाउन संघर्ष चलिरहेको छ। यस्तोमा भारतीय बजार टेस्लाका लागि रामवाण सावित हुन सक्छ।

ढिलै भएपनि भारत आउने निर्णय गरिसक्दा टेस्लाले उत्साह व्यक्त गरिसकेको छ। जरुरी ठानेर भारतमा आउन पुनः प्रयत्न गर्नु टेस्लाको सवल पक्ष हो।

यो सवलतालाई पुष्टि गर्न टेस्लाले अल इन वान गिगाफ्याक्ट्री भारतै बनाउनु पर्छ। सस्तो कारदेखि नयाँ मोडल हुँदै ब्याट्री उत्पादनसम्म भारतमै गरेर उपभोक्ताका लागि भ्यानु फर मनि क्रिएट गर्न टेस्सलाका लागि अपरिहार्य जस्तै छ।

यति नगर्ने हो भने ९ वर्षदेखि टेस्ला किन्न कुरेका उपभोक्ताका लागि कुनै लाभ मिल्ने छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *