चक्रपथको ग्वार्को चोकमा निर्माणाधीन फ्लाइओभर परियोजनामा झन्डै ४० मिटर लामो र्याम्प (फ्लाइओभर र सडकलाई जोड्न माटो भरेर निर्माण गरिएको विशेष संरचना)मा प्राविधिक समस्या देखिएपछि उक्त भाग भत्काएर पुनर्निर्माण थालिएको छ।
फ्लाइओभरको पुलसँग जोडिएको सातदोबाटोतर्फको झन्डै ४० मिटर लामो र्याम्प पुनर्निर्माण (रेक्टिफिकेसन) गरिँदै छ।
