भिडोल र नेपाल गोल्डको कारखाना अबलोकन

हेटौडा अटोमोबाइल डिलर एसोसिएसनका सम्पुर्ण पदाधिकारीहरुले युनाइटेड लुब्रिकेन्टस् प्रालीले उत्पादन गरेको लुब्रिकेन्ट भिडोल र नेपाल गोल्डको कारखाना अबलोकन गरेका छन् ।

उनिहरुले कारखानामा भिडोल र नेपाल गोल्ड कसरी उत्पादन हुन्छ, यसको गुणस्तर कसरी कायम गरिन्छ, गुणस्तर मापदण्ड कसरी पुरा गरिन्छ भन्ने बिषयमा जानकारी तथा अन्तरकृया भएको थियो ।

साथै यसलाई गुणस्तर लुब्रिकेन्ट बनाउनको लागी एपिआई कसरी फलो गरिएको छ, एसआई सर्टिफिकेटलाई कसरी फलो गरिएको छ भन्ने विषयमा समेत अन्तरकृया भएको थियो ।

कार्यक्रममा युनाइटेड लुब्रिकेन्टस् प्रालीका जिएम दिनेश खनालले सहभागीहरुलाई लुब्रिकेन्टस्को बारेमा जानकारी गराउनु भएको थियो ।

त्यसैगरी उहाँले लुब्रिकेन्टको बर्तमान अवस्था र योजना समेत बताउनु भएको थियो ।

कार्यक्रममा हेटौडा अटोमोवाइल डिलर एसोसिएसन अध्यक्ष श्रृषि कुमार ढकाल लगायत २० जना कार्यसमितीका सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।

यसका साथै अन्तरकृया तथा अबलोकन भ्रमण कार्यक्रममा यो लुब्रिकेन्टको हेटौडाको आधिकारिक वितरक विएन्सा सप्लायर्सका पदाधिकारीहरु तथा अन्य प्रयोगकर्ताहरुको पनि उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *