ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन”

ग्लोबल आइएमई बैंक लिमिटेडले पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी “ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन” आयोजना गर्ने भएको छ।

बैंकले प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूलाई लक्षित गर्दै सम्भावित नवीनतम प्रविधिमा आधारित बैंकिङ सेवाहरू विकासका लागि यो प्रतियोगिता सञ्चालन गर्न लागेको हो।

यसका साथै, यस ह्याकाथनले डिजिटल बैंकिङमा आउने सम्भावित सेवाहरू र यसको चुनौतिहरूका समाधान खोज्न पनि सहयोग पुग्नेछ।

प्रतियोगितामा सहभागी प्रतिस्पर्धीहरूले बैंकले तोकेका विभिन्न विषयहरूमा केन्द्रित भएर आफ्ना धारणाहरू प्रस्तुत गर्नुपर्नेछ।

उत्कृष्ट टोलीलाई नगद पुरस्कारका साथै, बैंकसँग सहकार्य गर्ने अवसर पनि प्रदान गरिनेछ।

ग्लोबल आइएमई बैंक प्रविधिमा आधारित वित्तीय सेवाहरू प्रवर्धन गर्न प्रतिबद्ध रहेको छ।

डिजिटल बैंकिङ सेवाहरूलाई थप प्रभावकारी बनाउन नविनतम् धारणाहरूलाई प्रोत्साहित गर्न यस ह्याकाथनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ।

प्रतियोगितामा सहभागिता गर्न इच्छुकहरूले बैंकको वेबसाइटमार्फत दर्ता गर्नुपर्ने छ।

यस ह्याकाथन प्रतियोगिता दुई चरणमा हुनेछ।

जसअन्तर्गत पहिलो चरणमा अनलाइन पेपर प्रस्तुती र दोस्रो चरणमा अनसाइट ह्याकाथन हुनेछ।

पहिलो चरणको लागि प्रतियोगीहरूले अप्रिल ४, २०२५ सम्ममा अनलाइन पेपर प्रस्तुती गर्नुपर्ने छ।

साथै, दोस्रो चरणअन्तर्गत मे १, २०२५ मा अनसाइट ह्याकाथन हुनेछ।

ग्लोबल आइएमई बैंक, ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक अवार्ड २०२४’ र युरो मनी ‘अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो।

साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाहरूबाट फरक फरक विधामा सम्मानित भएको छ।

ग्लोबल आइएमई बैंक, मुलुकको ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकको ३५५ शाखा कार्यालय, ३८५ एटीएम, २३७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा विदेशी प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त, विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *