नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

भृकुटीमण्डपमा १०औँ नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भएको छ।

चार दिन (फागुन ११ गते) सम्म चल्ने बिल्डकन मेलामा विभिन्न देशका ३ सयभन्दा बढी कम्पनीहरुका १५० बढी स्टल राखिएका छन्।

मेलाको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले गरे ।

प्रदर्शनीमा निर्माणसम्बन्धी उद्योग, कम्पनी, डिलर तथा सब डिलरहरु र बिक्रेताहरूले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा जानकारी गराउने प्रदर्शनी र स्टलहरु रहने मिडिया स्पेश सोलुसन्स प्रालिका प्रबन्ध निर्देशक सिर्जल भट्टराईले बताए।

उनका अनुसार निर्माण क्षेत्रमा आएका नयाँ प्रविधिको बारेमा जानकारी गराउने उद्देश्यले प्रदर्शनी गर्न लागिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *