जन्ती पुर्याएर फर्किने क्रममा बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बिहीबार बिहान करिब ५:४० बजेको समयमा काभ्रे तेमाल गाउपालिका–३ कुन्डोलमा दुर्घटना हुदा धादिङबाट बिबाहाको जन्ति पुर्याएर फर्किने क्रममा ना ४ ख ८८१७ खाली बस ट्रनिङमा व्याग गर्ने क्रममा सडकबाट अन्दाजी दुई सय मिटर तल खस्दा तेमाल – १ बस्ने वर्ष ५० का रामसिंङ तामाङको घटनास्थलमा मृत्यु भएको हो ।
बस चालक जिल्ला मकवानपुर बागमति गाउँपालिका बस्ने वर्ष ५० का कृष्ण ब्लोन गम्भीर घाइते भई उपचारको लागि धुलीखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।